दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी। सुनसरीको इटहरीमा मंगलबार राति भएको सवारी दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

ईटहरी उपमहानरगपालिका ६ स्थित सडकमा को.१ च ७८१६ नम्बरको भ्यानले को.२० प ४६८३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान ३३ वर्षीय कमल बहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको कचनकवल गाउँपालिका ६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...