काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन हुनु भएको हो भने महासचिवमा चन्दक सिंह चयन हुनु भएको छ ।
Advertisement
यस्तै महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित हुनु भएको छ । यसैबीच पार्टीका नवनिर्वाचित महासचिव सिंहले आफूहरुको महाधिवेशनमा फ्रि मधेसको कुनै नारा र ब्यानर प्रयोग नभएको बताउनु भएको छ ।
आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गर्नु भयो । पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो ।