कामना डेली, प्यूठान । आज प्यूठानसहित देशभर राष्ट्रिय विद्युतिय सुरक्षा दिवस मनाइएको छ । विद्युत दुर्घटनाबाट बच्न सचेत रहाँै, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो । नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले आज वितरण केन्द्रका कर्मचारीलाई विद्युतिय सुरक्षा सम्वन्धी सपथ ग्रहण गराउदै दिवस मनाएको हो ।
Advertisement
सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने साचों जस्ता नाराहरुमा कार्यालय प्रमुखबाट कर्मचारीहरुलाई सपथ गराइएको नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।
हरेक वर्ष चैत्र २६ मा विद्युतीय सुरक्षा दिवस मनाउने गरिन्छ ।