अनिल खत्री, गुल्मी । नेकपा एमाले गुल्मीको माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ ३ कै अवस्थामा फर्काउन आग्रह गरेको छ । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पहिलेकै अवस्थामा फर्किएकोले नेकपा एमालेका ०७५ जेठ ३ अगाडिका आधिकारिक कमिटीको बैठक आयोजना गरि पार्टी कामलाई अगाडि बढाउन आग्रह गरिएको एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले बताए ।
नेपाल पक्षले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै नेपालको बाम आन्दोलनलाई एकीकृत गरि समाजवादको यात्रा सुनिश्चित गर्नुपर्नेमा विभाजित हुनुले परिवर्तनको यात्रालाई थप जटिल बनाएको जारी बिज्ञप्तीमा उल्लेख गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीबाट गरिएका स्वेच्छाचारी र विधानविपरितका कदम रोक्न र कार्यक्रताको भावना अनुरूप पार्टी संचालन गर्न माग गरिएको छ ।
गुल्मी जिल्लाको सन्दर्भमा पार्टीको जिल्ला कमिटीको बैठक बस्नुपर्नेमा कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले गुटगत क्रियाकलाप मात्रै अगाडि बढाएको पार्टी सचिव सोमनाथ सापकोटाले आरोप लगाए । पार्टी हित विरोधी क्रियाकलाप रोकि सकेसम्म छिटो बैठकको आयोजना गर्न पनि माधव पक्षको नेकपा एमाले गुल्मीले जनाएको छ ।
एमाले (माधव पक्ष) गुल्मीले ०७५ जेठ ३ अघिको अवस्थामा फर्काउन आग्रह
एमाले (माधव पक्ष) गुल्मीले ०७५ जेठ ३ अघिको अवस्थामा फर्काउन आग्रह
Advertisement
तपाईको प्रतिक्रिया