अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा एमाले अर्घाखाँचीको सोमबार वसेको बैठकले जिल्ला सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा। दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो । पार्टी विरोधी र गुटगत गतिबिधीमा सक्रीय रहेको,समानान्तर समिती गठन गरेको भन्दै तीन नेतालाई पार्टीबाट निष्कासन गरिएको जनाईएको छ।
Advertisement