अनिल खत्री, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनि करण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । जिल्लामा रहेको मदनण्डारी राजमार्गमा कालोपत्रे सम्पन्न भएको सडकमा दुर्घटना हुने जोखिम स्थानमा सडक सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढदो सवारी दुर्घटनामा न्यूनिकरण गर्ने मुख्य उदेश्य रहेको छ ।
तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको सडकमा दुर्घटना हुने जोखिम स्थान र घुम्तीहरु सेफ्टी वाल निर्माण गर्न थालिएका छ । कालोपत्रे सडक भइसकेपछि सवारी साधानको गति पनि तिब्र हुने र दुर्घटना पनि बढने भएपछि सडकको छेउमा सेफ्टी वाल निर्माण गर्न थालिएको छ ।
अहिले तम्घासदेखि सिमलटारीसम्मको मदनण्डारी राजमार्गको बिभिन्न दुर्घटना हुने जोखिम घुम्ती तथा भिरहरुमा सडक छेउमा सिमेन्टेड र ढुंगाबाट सेफ्टी वाल निर्माण कार्य भइरहेको छ ।
राजमार्गको सडक छेउमा अहिले ६ सय वटा सिमेन्टेड सेफ्टी वाल र ३ सय वटा तार जालि र ढुंगाबाट निर्माण गरिएको सेफ्टी वाल निर्माण गर्न लािगएको मदनभण्डारी राजमार्गको कार्यालय गुल्मीले जनाएको छ । तयसबाहेक अन्य दुर्घटना रोक्ने संकेतहरु पनि निर्माण गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका निमित्त आयोजना प्रमुख शशांक मिश्रले बताए ।
कालोपत्रे सड्कमा दुर्घटना रोक्न ट्राफिक संकेतहरु पहेँलो पलाष्टिक पेन्ट, साइम बोड, जेब्रा क्रसिङ, डेलिनेट, क्याटआइ जस्ता संकेतहरु निर्माण गरिने आयोजना प्रमुख मिश्रले बताए ।
कालोपत्रे सडकमा सवारी साधनको गति बढने भएकाले दुर्घटना न्यूनिकरणमा निर्माण गरिने सडक सेफ्टी वाल र ट्राफिक संकेतले कम गर्ने उदेश्य सडक आयोजनाले लिएको छ ।
आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरि जयमाँ स्वर्गाद्धारी निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले जनाएको छ । जसका लागि १करोड १२ लाख ३० हजार लागत रकम रहेको छ ।
सडक गतवर्ष कालोपत्रे सम्पन्न भएको थियो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको छ ।
गुल्मीको मदनभण्डारी राजमार्गमा दुर्घटना न्यूनिकरण गर्न सेफ्टी वाल निर्माण
गुल्मीको मदनभण्डारी राजमार्गमा दुर्घटना न्यूनिकरण गर्न सेफ्टी वाल निर्माण
Advertisement
तपाईको प्रतिक्रिया