• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना


  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आज शुभकमना ब्यक्त गर्नुभएको छ । “प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” उहाँको शुभकामना सन्देशमा भनिएको छ ।नेपाली नागरिकको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको भन्दै उहाँले नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

    Advertisement

    संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शून्यबाट काम थाल्दै अघि बढ्दै गर्दा यो तीन वर्षको अवधिमा शासन प्रणालीको बलियो आधार तयार गर्न सफल भएको बताउनुभएको छ। प्रदेश सरकार नागरिकको नजिकको सरकारको रुपमा स्थापित हुन सफल भएको उहाँले उल्लेख गर्नुभएको छ । तीन वर्षको अवधिमा प्रदेशको आवधिक योजना तयार भएको बताउँदै पोखरेलले सरकार सञ्चालनका लागि चाहिने आधारभूत कानून निर्माण गर्न सफल हुँदै सहज यात्राको बाटो तयार भएको जानकारी दिनुभएको छ ।

    प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएको भन्दै उहाँले शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुग्दा एउटा छुट्टै खुशीको क्षणमा रहेको बताउनुभएको छ ।

    यस्तो छ मुख्यमन्त्री शंकर पोखरेलको शुभकामना सन्देश

    प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति,समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

    नेपाली नागरिकको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । नेपालको संघीय शासन प्रणाली मौलिक खालको शासन प्रणाली हो । संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं । प्रदेश सरकारले शून्यबाट काम थाल्दै अघि बढ्दै गर्दा यो तीन वर्षको अवधिमा शासन प्रणालीको बलियो आधार तयार गर्न सफल भएको छ । प्रदेश सरकार नागरिकको नजिकको सरकारको रुपमा स्थापित हुन सफल भएको छ ।

    अवधिमा प्रदेशको आवधिक योजना तयार भएको छ । सरकार सञ्चालनका लागि चाहिने आधारभूत कानून निर्माण गर्न सफल हुँदै सहज यात्राको बाटो तयार भएको छ । कर्मचारी समायोजन टुंगो लागेर प्रशासनिक संरचना क्रियाशिल भएको छ । प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएका छौं । प्रदेशको राजधानी राप्ती उपत्यकामा प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रम गर्दैछौं । शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुग्दा एउटा छुट्टै खुशीको क्षणमा छौं ।

    संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दती र शैलीका रुपमा स्थापित हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् ।

    संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाई र काममा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य अझै बढाउन जरुरी छ । संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन अझ व्यवस्थित र प्रभावकारी गर्न हामी ध्यान दिइरहेका छौं ।

    समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ । संघीय सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित छौं । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

    अन्त्यमा, प्रदेश स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation