काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूमिसम्बन्धी सबै समस्याको अब दीर्घकालीन समाधान हुने बताएका छन् । चितवनको जनसभालाई सम्बोधन गर्दै ओलीले अब जनताको समस्याहरुको दीर्घकालीन हल निकालिने बताए ।
Advertisement
भूमिसम्बन्धी समयस्या समाधानका लागि चितवनमा लोकप्रिय व्यक्तिलाई नै आफूले जिम्मा दिएको भन्दै ओलीले अब जनताको पक्षमा काम हुने बताए । जनताका समस्याहरु समाधानका लागि अहिलेको नेतृत्वको लागि परेको उनले बताए।
प्रधानमन्त्री ओलीले अबको चुनावमा जनताको लागि, देशको लागि काम गर्ने भूमिपुत्रहरुलाई चुनेर पठाउन पनि आग्रह गरे । अहिले देशलाई निकास दिनका लागि चुनावमा जाने निर्णय भएको भन्दै उनले आफूहरु राष्ट्रहितको पक्षमा रहेको बताए ।