काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि दाहाल–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । ओलीले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएपनि जवाफ नआएपछि पार्टीको स्थायी कमिटी बैठकले साधारण सदस्यबाट हटाउने निर्णय गरेको बताइएको छ ।
Advertisement