चितवन। चितवनमा जंगली गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो गैडाको आक्रमणबाट मृत्यु भएको हो ।
Advertisement
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।