खानेपानी मन्त्री थापालाई जाजरकोटमा कालो झण्डा

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड–नेपाल समूहको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका छन् । ओली समूहको पार्टी प्रशीक्षणका लागि जाजरकोट पुग्नुभएका मन्त्री थापालाई आज नेपालगञ्ज फर्कने क्रममा भेरी नगरपालिका–४ बोहरामा अनेरास्ववियुका युवाले कालो झण्डा देखाएका हुन् ।

प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा गएर मन्त्री भएका थापालाई कालो झण्डा देखाएर सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको सुरू गरेको अखिलका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षधर सडक संघर्षमा उत्रिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.