• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

स्वाधीन मधेस जन अभियानको बृहत राष्ट्रिय भेला नवलपरासीमा


  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी। स्वाधीन मधेस जन अभियानको बृहत राष्ट्रिय भेला शनिबारदेखि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा सूरु भएको छ ।
    केहि समय अगाडि डा.सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी परित्याग गरेका सो पार्टीका सहसंयोजक कैलाश महतोले आफु संयोजक रहने गरि स्वाधीन मधेस जन अभियानको १३ सदस्य केन्द्रिय कार्यसमिति गठन गरेका थिए । सोहि समितिले आफ्नो अभियानलाई अगाडि बढाउनका निमित्त विधान निर्माण, घोषणापत्र जारी र अवधारणापत्र पारितका निमित्त २ दिने राष्ट्रिय भेला आयोजना गरेको अभियानका संयोजक कैलाश महतोले जानकारी गराउनु भयो । भेलामा अभियानका केन्द्रिय सदस्य कैलालीका महेन्द्र चौधरी, कपिलवस्तुका हटिकुल्ला मुसलमान, महोत्तरीका रमेश सिंह, सिराहाका सतिला यादव र देवकान्त सिंह, मोरङका प्रविण महतो, रुपन्देहीका जगन्नाथ सहानी, बाराका सुदिप कुशुवाह, महोत्तरीका राजकुमार यादव, नवलपरासीका ध्रुवप्रसाद गौण, धनुषाका राममनि शाह सहभागी थिए ।

    Advertisement

    त्यस्तै तराईका अन्य १७ जिल्लाबाट जिल्ला तदर्थ कार्यसमितिका संयोजकहरु समेत भेलामा उपस्थित भएका थिए । राष्ट्रिय भेलाबाट ५ जना केन्द्रिय सदस्य समेत थप गरिएको छ । थपिएका केन्द्रिय सदस्यहरुमा कपिलवस्तुबाट रोसन शाह, रुपन्देहीबाट अमर धवल, बाराबाट सुभरन्त श्रीवास्तव, धनुषाबाट राममनि शाह, महोत्तरीबाट राजकुमार यादव छन् । राष्ट्रिय भेला पश्चात् मधेसवादी र खस पार्टीहरुको राजनैतिक चरित्रहीनताबारे पर्दाफास गर्दै आफ्नो अभियानलाई अगाडि बढाइने बताईएको छ । मधेसी जनताहरुलाई भाषा, संस्कृति, रहनसहन स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रहरुमा राज्यबाट बन्देज लगाउदै आइएको महातोको आरोप छ ।

    दुई तिहाइ प्राप्त सरकार पनि चलाउन नसकि संसद विघटन गरेको वर्तमान सरकारको कदमप्रति आफुहरु पनि गम्भीर भएको बताउदै सरकार विरुद्ध आफुहरु जनसङ्घर्ष र जनदवावका कार्यक्रमहरु अगाडि बढाउने उहाँले चेतावनी दिनुभयो ।भेलाले माघ ५ गते सिराहको लाहानमा देशको स्वाभिमान र रक्षाका निम्ति ज्यान अर्पण गर्ने महान शहिदहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

    वि.स २०६४ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार रहँदा मधेसी जनाधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ता टोलिका संयोजक काङ्ग्रेस नेता रामचन्द्र पौडेलसङ्ग मधेस स्वतन्त्रताकोलागि २२ बँुदे माग सहित सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो समयमा महतो पनि मधेसी जनाधिकार फोरमका केन्द्रिय सदस्य रहनु भएको थियो ।

    तिनै २२ बँुदे सहमति पत्रमा उल्लेख भएका मागलाई कार्यान्वयन गर्न जनदबाब दिने उद्देश्यले अभियानको केन्द्रिय समितीसङ्गै जिल्ला कार्यसमिति गठन गरिएको बताईएको छ । अहिलेसम्म कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, सप्तरी र मोरङ जिल्लामा जिल्ला तदर्थ कार्यसमिति गठन भैसकेको छ । मधेसी जनताहरु आफ्नो अभियानमा चासो र सवेदनशिल भएर लागेकाले सबै जिल्लामा समिती गठन गरि आफ्नो अभियान अन्तर्गतका जनदबाबका कार्यक्रमहरु देशभर एकैसाथ सूरु गर्नेगरि तयारी भईरहेको छ ।

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation