रोल्पामा टिपर दुर्घटना हुँदा एकजना घाईते

रमेश डाँगी, रोल्पा। जिल्लाको सुलिचौर– थबाङ सडक खण्ड अन्तर्गत सुनछहरी गाउँपालिका–५ पोबाङको इलाका प्रहरी कार्यालय नजिकै टिपर दुर्घटना भएको छ ।
जलजला कन्ट्रक्सन प्रा.लि.को ना १ क ७८८२ नम्बरको सो टिपर सुनछहरी गाउँपालिकाको निर्माणधिन घडेरीको माटो फाल्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पोबाङका असई केशरबहादुर घर्तीमगरले जानकारी दिनुभयो । टिपर सडकबाट करिब १५ मिटर तल खसेको छ । भने टिपर चालक हरि चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको थप उपचारको लागि सुलिचौर लगिएको उहाँले जानकारी दिनुभयो । ईलाका प्रहरी चौकी पोबाङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको टिमले घाईतेको उद्वार गरेको थियो ।

Sharing Now!

You might also like

Comments are closed.