• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ९. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

स्थायी कमिटीलाई केपी ओलीको पत्र


  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
  • स्थायी कमिटीका प्रिय कमरेडहरु,
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

    Advertisement

    पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ। पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पाटीभित्रको नीतिगत बहसलाई शत्रुतापर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका सविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग-पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु। पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हन् पर्ने मेरो मान्यता यथावत छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानु पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।

    तर उक्त अभियोग-पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुयाएको त्यस्तो सङ्गीन आरोप-पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु। परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छ।
    कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्यनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङकित थियो। हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्‍यौं। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखें। त्यसै अनुरुपका संरचना निर्माण गरिए।

    तर मलाई थाहा थिएन- खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छ। आज पनि म दोहोर्‍याउन चाहन्छु- महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ।

    सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु।

    अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गभीर सङ्कटमा छ। यो सङ्कट कनै वाह्य कारणले होइन महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह / सत्तामोहका कारण निम्तिएको छ। मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु। तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयाश रहिरहेको छ।

    मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिन हुने छ।

    हार्दिक अभिवादन सहित,
    केपी शर्मा ओली
    अध्यक्ष एवं प्रधानमन्त्री
    २०७७ मङ्सिर २१

    (आइतबार सुरु भएको नेकपाको स्थायी कमिटीमा अनुपस्थित भएका ओलीले कमिटीलाई सम्बोधन गरेर पठाएको पत्रको पूर्णपाठ)

    आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    भर्खरै

    • १.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • २.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ४.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ५.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ७.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ८.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation