तनहुँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गृहजिल्ला तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले वरिष्ठ नेता पौडेललाई तालघरेबाट नियन्त्रणमा लिएको हो। पुल उद्घाटन गर्ने विषयलाई लिएर कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।
पौडेलले आफू र तनुहँ कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन्।
उनले फेसबुकमा लेखेका छन्,‘ भर्खर प्रहरी परिचालन गरी मलाई र तनहुँ जिल्ला कार्यवाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’
Advertisement