सन्धिखर्क । अर्घाखाँची जिल्लामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिएका छन ।
घरमा एक्लै बसोबास गदै आएकी नेपालीको जलेर मृत्यु भएको छ। घरमा रहेको फलामको चुह्लोमा आगो ताप्दा कपडा जलेर उनको मृत्यु भएको छ ।
Advertisement