पाल्पा । बुटवलबाट पोखरातर्फ जाँदै गरेको कार पाल्पामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
Advertisement
सोमबार साँझ ५ः२० बजेतिर कार पाल्पाको बगनासकाली गाउँपालिका ३ बेलौतिडाँडास्थित सिद्दार्थ राजमार्गमा दुर्घटना भएको हो। बा १८ च ४३४१ नं को कार दुर्घटना हुँदा बाँकेको कोहलपुर नगरपालिका ११ का ४८ वर्षीय कार चालक चक्र अधिकारी र कारमा सवार रोल्पाको रोल्पा नगरपालिका ४ लिवाङका ४५ वर्षीय किशोर आचार्य घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको छ। कार अनियन्त्रित भई सडक देखी करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।