दाङ । तीन किलो लागुऔषध (अफिम) सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकाका २७ वर्षीय चन्द्रप्रकाश वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीमा झोलामा जाँच गर्दा तीन किलाे अफिम बरामद गरेको प्रहरीले बताएको छ ।
प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ काे शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।