प्यूठानमा गोली लागेर वृद्धको ज्यान गयो

प्यूठान । प्यूठानमा गोली लागेर ७१ वर्षीय वृद्धको मृत्यु भएको छ।

जिल्लाको नौबहिनी गाउँपालिका–५ डामृमा दल बहादुर सुनारको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दशैको दिन आज बिहान ७ बजे बारीमा बादरकाे हुललाइ धपाउने क्रममा हेमलाल सुनारले चलाएको भरुवा बन्दुकको गोली लागेर उनको ज्यान गएको हो ।

घटना भएलगत्तै ३४ वर्षीय सुनार आफै प्रहरी चौकी डामृमा पुगेर घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.