काठमाडौं । नेपाल प्रहरीको अनुमतिबिना प्रहरीले प्रयोग गर्ने पोशाक अन्य प्रयोजनमा प्रयोग गरे कानुनअनुसार कारबाही हुने भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएक हुन् ।
Advertisement
पछिल्लो समय प्रहरीको पोशाक दुरुपयोग गरी विभिन्न किसिमको ठगी तथा अपराधको कृयाकलापहरु भएपछि प्रहरीले आफ्नो अनुमतिबिना प्रहरीले प्रयोग गर्ने पोशाक तथा प्रहरीलाई चिनाउने कुनैपनि लोगोहरु समेत प्रयोग नगर्न भनेको छ ।प्रहरीले यदि कुनैपनि प्रयोजनमा प्रहरीको पोशाक तथा त्यस सम्बन्धी कुनै पनि लोगोहरु प्रयोग गर्नु परेमा पहिले नै प्रहरी कार्यालयबाट अनुमति लिन भनेको छ ।
म्युजिक भिडियो, फिल्म तथा कुनै पनि सामाजिक सञ्जालमा प्रयोग गर्ने भिडियो तथा फोटोमा प्रहरीको पोशाक वा त्यससँग सम्बन्धीत अन्य कुरा प्रयोग गर्नु परेमा प्रहरीको अनुमति लिनुपर्ने छ ।