जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

काठमाडौं । जाजरकोटकोमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको जाजकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार बुधबार दिउँसो ३ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर-११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए। बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्।

घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.