गुल्मीमा बाबुको हत्या गर्ने छोरा पक्राउ

अनिल खत्री, गुल्मी । गुल्मीमा प्रहरीले आफनै बाबुको हत्या गरेर फरार अभियुक्त छोरा पक्राउ गरेको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको हत्या गर्ने आफ्नै छोरा २६ वर्षका अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए।  आइतवार साँझ आफ्नै बाबुलाई हत्या गरि फरार रहेका छोरा अनिललाई प्रहरीले इस्मा गाउँपालिकाको वडानम्बर–१ को हर्पुकोट स्थित फुपुदिदिकहाँ लुकीरहेका अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोराले घरभित्र कुटपिट घाइते भएका दिलबहादुरलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घाइते अबस्थामा रहेका उनलाई गुल्मी अस्पतालहुँदै पाल्पा प्रवास अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बुटवलको प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।
घटनामा तत्काल इस्मा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको कमाण्डमको टोलीले घाईतेको मुख र छातीमा भित्री चोट लागेको अवस्था उद्धार गरेका थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.