• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ८. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ९. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

प्यूठानकाे बाङ्गेसाल क्षेत्रसमेत नयाँ राजधानीकाे अंग : मुख्यमन्त्री पाेखरेल


  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
  • कामना डेली, बुट्वल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सभाकाे बैठकमा विशेष समय लिएर बाेल्दै स्पष्ट पार्नुभएकाे छ- “लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यकाकाे भालुवाङ क्षेत्र भइसकेपछि अवश्यमेव आसपासमा पनि विकासकाे प्रभाव पर्छ। प्यूठानकाे सरूमारानी गाउँपालिकाकाे बाङ्गेसाल क्षेत्र पनि राप्ती उपत्यका क्षेत्रअन्तर्गतै पर्दछ र राजधानीकाे विकास त्यहाँसम्म पनि विस्तार हुन्छ । दाङकै लमही नगरपालिका र कपिलबस्तुकाे शिवराज नगरपालिकासम्म नै राजधानीकाे विकास विस्तार हुन्छ ।”
    हिजाे मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले कामना डेली अनलाइनमा एक विशेष लेख लेखी राजधानी क्षेत्रमा अाफ्नाे जिल्ला सरूमारानी गाउँपालिकाका वडा न १ र २ लाई पनि समेट्नुपर्ने सुझाव दिनुभएकाे थियाे । त्यसकाे सकारात्मक संबाेधन गर्दै भालुवाङबाट ७ किमी मात्रै टाढा रहेका प्यूठानकाे त्यस क्षेत्रका साथसाथै दाङकाे लमही नगरपालिकासम्म र कपिलबस्तुकाे शिवराज नगरपालिका समेतलाई राजधानीमा समेटिने वचनबद्धता व्यक्त गर्नुभएकाे छ ।
    प्रदेशसांसदहरूले बिर्से कि हेक्का नै राखेनन् ?
    प्रदेशसभा बैठकमा भएकाे यश विषयमाथिकाे छलफलमा बाेल्नेक्रममा प्यूठानबाट निर्वाचित भएका सभासदहरू हरि रिजाल र कृष्णध्वज खड्काले सरूमारानीकाे जाेडिएकाे क्षेत्रलाई राजधानीमा समेट्ने माग गर्न बिर्सेका वा हेक्का नै पु-याउन सकेनन् । छलफलकाे लाइभ प्रत्यक्ष हेरेका ददेरी बाङ्गेसाल क्षेत्रका बासिन्दाहरू अाफ्ना सांसदहरूकाे विषयवस्तुप्रतिकाे हुस्सुपन देखेर अाश्चर्य प्रकट गरेका छन्।
    प्रेस सल्लाहकार थापाले चाहिँ साेमबार अपरान्ह नहुँदै याे माग सार्वजनिक रूपमा नै गरेर सिंगाे प्रदेश नेतृत्व र १२ वटै जिल्लाका जनसमुदायकाे ध्यानाकर्षण गर्नुभएकाे थियाे ।
    मुख्यमन्त्रीले यसमा विशेष रूपमा गर्नुभएकाे संबाेधनका निम्ति थापाले जिल्लावासीहरूका तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिनुभएकाे छ ।
    स्थायी नाम र केन्द्र
    प्रदेश नं ५ काे अस्थायी नाम र परिचय हटेकाे छ । आज २०७७ साल असाेज २० गते प्रदेश सभाकाे बैठकमा गरिएकाे मतदानमा सहभागी ८२ सांसदहरूमध्ये नयाँ राजधानी भालुवाङको पक्षमा ६९ अर्थात् दुई तिहाई मत परेर लामाे समयदेखिकाे विवाद टुंगिएकाे छ । यसकाे विपक्षमा १३ मत मात्र परेकाे स्थितिले भारी मतकाे समर्थन अभिव्यक्त भएकाे स्पष्ट हुन्छ ।
    अन्तिम मत परिणाम अनुसार –
    प्रदेशकाे नाम: लुम्बिनी हुनुपर्ने
    पक्षमा : ७९ र विपक्ष : ४ मत तथा
    राजधानी : राप्ती उपत्यकाकाे
    पक्षमा ६९ र विपक्ष १३ मत प-याे ।
    राष्ट्रिय जनमाेर्चाकाे एक मत राजधानीकाे सम्बन्धमा मतदानमा सहभागी नभई यता न उता गरेकाे देखियाे भने प्रदेशकाे नाम लुम्बिनी हुनुपर्ने पक्षमा मतदान गरेकाे दृश्य राेचक थियाे । नेता थापाले नेकपा(मसाल)का महामन्त्री माेहनविक्रम सिंहलाई टेलिफाेन गरी राजधानी भालुवाङकाे पक्षमा मतदान गरेर सहयाेग गर्न अाग्रहसमेत गर्नुभएकाे थियाे । तर  केही सांसदहरूद्वारा मतदान बहिस्कारसमेत गरिएकाे छ।
    दुई तिहाई बहुमतले लुम्बिनी प्रदेश नाम र भालुवाङ राजधानी हुने गरी प्रदेश सभाबाट शानदार रूपमा निर्णय भएकाे छ ।

    Advertisement

    यस ऐतिहासिक निर्णयका निम्ति –
    मुख्यमन्त्री शंकर पाेखरेलकाे कुशल, संयमित र शिष्ट नेतृत्व र अरू सम्बद्घ सबैले गरेकाे याेगदानप्रति हार्दिक बधाई दिनैपर्छ ।

    मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ३.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ४.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ७.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ८.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation