कपिलबस्तुमा एक वडाध्यक्षको निधन

कपिलवस्तु।कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष त्रिलोकी खरविन्दको मृत्यु भएको छ । खरविन्दको उपचारको क्रममा शनिबार विहान निधन भएको हो ।

उहाँ लामो समय देखि दीर्घरोगको ग्रसित हुनुहुन्थ्यो। तत्कालिन संघीय समाजबादी पार्टीबाट चुनाव जितेर वडाध्यक्ष बन्नुभएका खरविन्द वडामा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।उहा तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्षको निधन प्रती नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
यता एक महिना अगाडी भाद्र १४ गते वडा नं. ७ का रामेश्वर सिंहको पनि निधन भएको थियो । दीर्घ रोगी रहनुभएका सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । सिंह नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो ।

Sharing Now!

You might also like

Comments are closed.