दाउन्नेमा पहिरो,एकको मृत्यु

नवलपुर।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् ।
गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनुभयो । माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका–२५ वर्षीय हरिषचन्द केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको बताइएको छ। घाइतेमध्ये ४ जनाको भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।
पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि आज बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

Sharing Now!

You might also like

Comments are closed.