अनिल खत्री, गुल्मी । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोज चालक बनेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाको–७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको शिलान्यास गर्न डोजर चलाएपछि उनि चालक बनेका हुन् । शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर मेयर भुसाल आफैले केहि बेर डोजर चएर माटो समेत खनेका थिए । शिलान्यस कार्यक्रममा गएका अतिथीहरु समेत मेयरले डोजर चलाउदा दङ्ग परेर रमाईलो समेत गरेका थिए । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशन को निर्माण कार्य सुरु भएको हो ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका थिए । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।
सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताए ।
रेसुङ्गा नगरका प्रमुख भुसाल डोजर चालक बनेपछि
रेसुङ्गा नगरका प्रमुख भुसाल डोजर चालक बनेपछि
Advertisement
तपाईको प्रतिक्रिया