चितवन । चितवनमा एक जना महिलासहित दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Advertisement
चितवन मेडिकल कलेजमा महिला र पुष्पाञ्जली अस्पतालमा पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मकवानपुर हेटौडाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।
महिला भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
त्यस्तै पुष्पाञ्जलीमा मृत्यु भएका पुरुषको ९ गते कोरोना पोजेटिभ आएको थियो ।