ओमप्रकाश गुप्ता, गढवा । दाङ देउखुरीकाे गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकीय अधिकृत बीच घम्साघम्सी भएको छ । दमकलको चालक र फायरमेनको सुचनाका बिषयमा उनीहरु दुबै बीच झगडा भएको र हातहालाहातको स्थिति भएको हाे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर याेगीले गाउँपालिकाकाे काम कार्वाहीमा मनाेमानी गरेकाे र छलफलका लाग आफ्नाे कार्यकक्षमा पटक-पटक बाेलाउँदा समेत अटेरी गरेकाे उपाध्यक्ष शान्ति चाैधरीकाे आराेप लगाइएकी छिन् । अध्यक्ष औषधी गराउन बाहिर गएकोले सबै कुरा बुझ्न र कुरा राख्न पाइएन । तर अध्यक्षले आफ्ना मान्छे सुचना खुल्नु अघि नै राखी सकेको र प्रकृया पुरा गर्न मात्र सुचना खोलिएको उपाध्यक्ष चौधरीको दावी छ । दमकल चलाउनका लागि ड्राइभरको सुचना खोलेको थाहा पाएपछि उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतसंग कार्यकक्षमै गै कड्कीएको र अधिकृतले सुचनाको म्याद भाद्र १० गतेसम्म छ फारम भर्न इच्छुकलाई भर्न लगाउनुस भनेको प्रत्यक्षदर्शीले बताएका छन् ।यता उपाध्यक्ष शान्ति चौधरीले भने आफ्ना मान्छे पाँच महिना पहिले नै सेट गरेर प्रकृया पुरा गर्न सुचना खोलिएको बताएकी छिन् ।
फारम भर्न आउने मान्छेलाई सिट पुरा भै सकेको छ भनेर अधिकृतले फर्काइदिएको उनले आराेप लगाइन् । यो सरासर नियम संगत छैन, योग्यता पुगेको जो कोहिले पनि फाराम भर्न र परिक्षामा लढ्न पाउँछ–उपाध्यक्ष चाैधरीले भनिन् । यो बिषयमा छलफल गर्न तत्काल कार्यपालिकाको बैठक डाक्न भनेको छु उनले भनिन् ।
यसै बिषयलाई लिएर अध्यक्ष कार्यालयमा नभएका समयमा उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने योजनाका साथ ताल्चा किन्न भित्रैका जनप्रतिनिधी र कर्मचारीलाई पठाएको र उनीहरुले नमाने पछि आफै बजार गएर ताल्चा ल्याएको स्रोतले बताएको छ । यस्तो हुँदा पनि तपाइले समाचार नलेख्ने ? चुप लागेर बसिरहने ? कि त भित्रको सुचना र समाचार लेख्नुस होइन भने गाउँपालिका छोड्नुस–उपाध्यक्ष चौधरीले प्रेस संयोजक शिबराज पन्थीलाई पनि दम्काएको स्रोतले बताएको छ ।
उपाध्यक्ष कार्यकक्षमै तात्तिएको देखेपछि म पनि कार्यालय छोडेर बाहिरिए प्रेस संयाेजक पन्थीले भने । त्यस्तो केही होइन । गाउँपालिकाले साउन २८ मा दमकल चालक र फायरमेन तथा कुचिकार गरी ३ जनाको आवश्यकताको सुचना टाँस गरेको छ । भाद्र १० सम्म सुचनाको म्याद छ । इच्छुकलाई निवेदन हाल्ने समय छ । यो समयभित्र जसले पनि दर्खास्त हाल्न नियमले पाइन्छ भनेर–प्रेस संयोजक शिबराज पन्थीले उपाध्यक्ष चाैधरीलाई जानकारी समेत गराएका थिए ।
यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर याेगीलाई पटक-पटक फाेन सम्पर्क गरेर बुझ्न खाेज्दा फाेन उठेन ।
गढवामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा : झण्डै हात हालाहाल
गढवामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा : झण्डै हात हालाहाल
Advertisement
तपाईको प्रतिक्रिया