चाैतारा। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ घर पुरिएका छन् ।
Advertisement
शुक्रबार बिहान करीव ६ बजे झरेकाे पहिराेले १३ घर पुरिएका हुन् । पाँच घर परिवारका सदस्यहरू सम्पर्कविहीन छन् ।१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५–३० घरहरू जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए ।
जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।