• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

यो पार्टीको आन्तरिक विवाद हो, छलफलबाटै सुल्झन्छ : प्रधानमन्त्री ओली


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले  नेकपाभित्रको  आन्तरिक बिबादलालाइ आपसी छलफलबाट नै सुल्झाउने  बताएका छन।उनल्व पार्टीभित्रको विवाद निष्कर्षमा पु¥याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरे।

    Advertisement

    शुक्रबार (आज) साँझ देशबासीका नाममा सम्बोधन गर्दै  ओलीले भने, “पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ ।” प्रधानमन्त्री ओलीले भनेका छ्न, “अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्र्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ । उनले  आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्नेमा जोड दिए।  महामारी र बिपदमा परेका जनताहरुको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै यसमा जुट्न सबैलाई उनले अपील समेत गरे ।

    प्रधानमन्त्री ओलीको सम्बोधन जस्ताको त्यस्तै

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
    आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ ।

    गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको छ । यस क्रममा ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्षतिग्रस्त बनेका छन्, ३०१ परिवार विस्थापित हुनुपरेको छ । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।

    यस्ता विपत्तीहरूबाट सुरक्षित हुन सरकारले उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू मात्र होइन, विपत्तीमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै संचालन गरिरहेको छ ।

    बाढी पहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरुको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । बाढी पहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तीको नेपाल सँधै उच्च जोखिममा रहेको छ । हरेक बर्ष गर्मी याममा हामीले आगजनीको समस्या भोग्नु परेको हुन्छ र बर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ । विपद्मा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियतीजस्तै बन्ने गरेको छ । यस क्रममा सरकारले तत्काल उद्दार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामथ्र्यका साथ ध्यान दिदैं आएको छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरु बाढी पहिरो शुरु भएदेखि नै तत्परताका साथ उद्दार र सहयोग कार्यमा जुट्दै आएका छन । नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको छ ।

    यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ । म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु ।

    यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्दार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयाशमा रहेको तथ्यलाई पनि भुल्नु हुँदैन । विश्वका विभिन्न मुलुकहरुमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रुपमा केन्द्रित रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेका छौं ।

    असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरुको ०.२१ प्रतिशत हो । उमेर समूहका हिसाबले २१ बर्षमाथि र ४० बर्षमुनिका संक्रमितहरुको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरु मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ । कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ । अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार ९ सय १० जना क्वारिन्टिनमा हुनुहुन्छ ।

    हामीले शुरुदेखि नै संक्रमितहरुको पीसीआर परीक्षणमा जोड दिदैं आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पु¥याउने लक्ष्य राखेका थियौं । हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरुको पीसीआर परीक्षण गरिएको छ । यो संख्या प्रतिदश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो ।कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीहरुलाई परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ । वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं ।

    लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार २ सय ५४ जना नेपालीहरु स्वदेश फर्किनु भएको छ । यही असार २५ गतेसम्मको प्रदेश अनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ । त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र वागमती प्रदेश रहेका छन् । हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ ।

    लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो । यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।

    राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक÷स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्दछ । छोटकरीमा एस–एम–एस भनिएको– सामाजिक दूरी कायम गनर्,े मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामको लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।

    अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।

    अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।

    यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ । धन्यवाद ।

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल
    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation