• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गुल्मी पहिरो : पूर्वमन्त्री बिष्ट राहत लिएर आए, घाइते लिएर फर्के


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । शुक्रवार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनाको काठमाडौंमा उपचार गरिएको छ । पूर्वमन्त्री तथा संसद गोकर्ण बिष्ट पहिरो प्रभाबित क्षेत्रमै पुगेर राहत सामाग्री सहित स्थलगत अनुगमन गरेर रथप उपचारको लागि काठमाडौं पठाइएको हो ।
    मन्त्री बिष्टले प्रभावित क्षेत्रमा पुगेर मृतक प्रति दुखः व्यक्त गर्दै घरबार बिहिन भएकाहरुलाई सहयोगमा जुटन आग्रह गरे । मन्त्री बिष्टले शुक्रवारनै घाइतेहरुलाई लिएर काठमाडौं लगेका हुन् । पहिरोमा परेर उपचारको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउन सक्ने अबस्था नभएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । पहिरोमा २ परिवारका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
    घाइतेहुनेहरुमा खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, ९० वर्षकी पुतली खत्री, सारु परिवारका २१ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु ४ जनाको काठमाडौं स्थित शैनिक अस्पतालमा र १ जनाको टिचिङ्ग अस्पतालमा उपचारको लागि भनाई गरिएको छ । अबिरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीम गएराती पानीसँगै पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको थियो । घाइतेहरु ४ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा सोहि स्थानबाटै उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । पहिरोबाट २० घर भन्दा वढिमा क्षती भएको छ । पहिरोबाट सिङ्गो गाउँ नै ११६ घर जोखिममा रहेको छ । घर माथीबाट गएको पहिरोमा परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर–२ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता लागेको छैन् । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार गरेका थिए ।

    Advertisement

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...