• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

वडा अध्यक्ष विरुद्ध पत्रकारले दिए प्रहरीमा उजुरी


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • कामना डेली, नुवाकोट। पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने काँग्रेसका तीन जना वडाअध्यक्षहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ ।
    आज टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता गर्नुभएको हो । तारकेश्वर गाउँपालिकाको वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा उजुरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस विषयमा अनुसन्धान र छानविन सुरु गरेको छ । प्रहरीलाई समेत आक्षेप लगाएर पत्रकारको क्यामेरा तोडफोड भएको अभिव्यक्ति दिने वडाअध्यक्ष पक्राउका लागि प्रहरीले सूचना संकलन थालिसकेको छ । असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनको क्रममा पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गर्ने तीनै जना वडाअध्यक्षहरुलाई हदैसम्मको कारबाही र क्षतिपुर्तीको माग गरिएको छ । सोही कार्यक्रममा समाचार संकलनका लागि पुगेका त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई समेत हातखुट्टा भाच्ने धम्की उनीहरुले दिएका थिए ।
    घटनाको जिम्मा लिनुको सट्टा वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले हिजो विज्ञप्ती जारी गरी पत्रकारको हातबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको क्यामेरा तोडफोड कसरी भयो प्रहरीले जानुन् भनेका छन् । पत्रकार भण्डारीको हातबाट खोसेर बाहिर फालिएको क्यामेरा बाहिर लात्तिभकुण्डो भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अहिलेसम्म फिर्ता नभएको उक्त क्यामेरा गाउँसभा भएको स्थल वरपर क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी श्रोतले बताएको छ । घटनास्थलको र क्षति पुगेको क्यामेराको अवस्थाको प्रहरीले मुचुल्ला तयार गरेको छ । क्यामेराका अवस्था दखेकाहरुका अनुसार त्यसमा प्रयोग हुने मेमेरिकार्ड, ब्याट्री हराएको छ । क्यामेरामा जडित शिशाका भागहरु पूर्णरुपमा ध्वस्त भएको छ ।
    प्रेस स्वतन्तत्रताको हनन् र जनप्रतिनिधिहरुले गरेको गुण्डागर्दी शैलीको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघ जिल्ला, प्रदेश, केन्द्रिय समितिले घटनाको तत्काल छानविन गरि कारबाही गर्न माग गरिरहेको छ । क्षतिपुर्ती अविलम्ब दिलाउन समेत महासंघले माग गरिरहेको छ । त्यस्तै, आदिवासी जनजाती पत्रकार संघ जिल्ला र प्रदेश समिति, फोटो पत्रकार महासंघ जिल्ला, प्रेस संगठन नेपाल नुवाकोट लगायतका पत्रकारिता पेशाका छाता संस्थाहरुले घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्न वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

    Advertisement

    तीन दिनमा आइपुग्यो मोटरसाइकल
    असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका अहिले विहान मात्रै विदुर आइपुगेको छ । १० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२ बजे प्रहरीको गाडीमा पत्रकार विदुर फर्किएका थिए । टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई हातपात गर्दै गाउँसभा छायाङ्कन भइरहेको क्यामेरा वडाअध्यक्षहरुले तोडफोड गरेका थिए ।
    १० गते दिनभरि पत्रकारहरुलाई बाहिर निस्कन समेत नदिएरमा उनीहरुले मानसिक त्रासमा राखेका थिए । शौचालय जानसमेत प्रहरीको सहायतमा माग्नुपर्ने अवस्थाको सृजना गराएका काँग्रेसका वडा अध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङका कारण पत्रकारले समाचरा स.कलन गर्न समेत पाएका थिएनन् ।
    १० गते राती १२ बजे प्रहरीको गाडी चढेर पत्रकार भण्डारी विदुर आइपुगेका थिए । आफ्नो सवारी साधन (मोटरसाइकल)मा आउन नसक्ने अवस्थामा र व्यक्तिगत रुपमै इंकित गरेर आक्रमणको प्रयास भएपछि मोटरसाइकलको साँचो गाउँपालिकाको कार्यालयमा जिम्मा लगाएर उनी फर्किएका थिए । आज विहान साढे नौं बजे तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरेले सो मोटरसाइकल विदुर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेका छन् । मोटरसाइकल नम्वर नै नोट गरेर क्षती पु¥याउने योजनामा बसेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुका कारण १० गतेदेखि आज विहानसम्म भण्डारीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाको कार्यालयले लुकाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय घिमिरे आफैले मोटरसाइकल चलाएर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेर फर्किएका छन् ।

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...