कामना डेली, प्यूठान । कोरोना भाईरसका कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशयी बन्दै गएको भन्दै ब्यवसायीहरुले ७ बुँदासहितको ज्ञापनपत्र बुझाएका छन् ।
होटल ब्यबसायी संघ प्यूठान अध्यक्ष गंज बहादुर थापाको नेतृत्वमा गएकोे टोलीले बिहिबार बिभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थलाई ज्ञापन पत्र बुझाएको हो ।
कोरोनाको महामारी र त्यसपछि जारी बन्दावन्दिका कारण जिल्लाका होटल ब्यवसायीहरुको लगानी जोखिममा रहेको बताउदै संघले होटल ब्यबसायलाई राहत हुने खालका सहुलियत अनुसार तथा दायित्व उपलब्ध गराउन माग गर्दै आज ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लकडाउनको अबधि सम्मको ब्यबसायीहरुले प्रयोग गर्दै आएको पानी,बिधुतमा लाग्ने महसुल छुट गर्न , ब्यवसायीहरुको घर बहाल पूर्ण छुट गर्न , बैकको ब्याजदर छुट तथा किस्ता समायोजनको ब्यबस्था मिलाईदिन र होटल तथा पर्यटन ब्यबसायीलाई सहुलियत ब्याजमा ॠण एवं अनुदानको ब्यबस्था मिलाउन माग गरिएको छ
यस्तै, व्यबसायीहरुको फर्म सम्वन्धित निकायमा निशुल्क नविकरण गर्ने ब्यबस्था मिलाउन , लकडाउनले अस्तब्यस्त रहेको होटलहरु निश्चित निति निर्देशन नियमावली तर्जुमा गरि होटल संचालन वाताबरण मिलाउन र होटलमा कार्यरत धेरै मजदुरहरुको रोजीरोटी बन्द भएकाले उनीहरुलाई पनि सरकारका तर्फवाट उचित राहत मिलाई ब्यबस्थापन गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।होटल व्यवसायी संघ प्युठानका अनुसार प्युठान जिल्लामा साना ठुला गरी ६ सय ५० जति होटल तथा रेष्टुरेन्ट संचालनमा छन।लकडाउनपछि होटल व्यवसाय बन्द हुंदा साढे ६ खर्ब भन्दा बढिको घाटा ब्यहोर्नु परेको संंघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।