• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

यौन शिक्षाको कमीले सामाजिक अपराध बढ्दै जान्छ


  •   शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
  • धेरै अघि धेरै अघि नै गर्न मन लाएको कुरा , खोई के ले रोकेको रहेछ कुन्नी ! आज बल्ल गर्दै छु । मलाई थाहा छ धेरैले मलाई आफ्ना ”चिनजानहरु”का लिस्टबाट डिलिट हान्ने प्रवल सम्भावना छ त कतिले नातासम्बन्ध पर्ने रहेछ भने रिसाइकल बिनमा फाल्ने निश्चित छ । किनभने म जे कुरा गर्न लाग्दैछु त्यसमा सायद उनीहरुलाई लज्जाबोध हुन्छ । मेरा कुरा छिचरो लाग्छन , कारण म केटी मान्छे हुँ, नेपाली मुलकी , हिन्दु केटी ! जहाँ धर्म, सँस्कार र सँस्कृतिका नाममा मेरा लागी धेरै कुरा बर्जीत छन ।

    Advertisement

    तर मलाई ” बिग्रेकी केटी ” नामाकरण हुनुमा केहि खेद छैन ।

    कुरा आकर्षणको ! हाम्रो समाजमा हुने अधिकाँश घटना या अपराधहरु आकर्षणसँग सिधा सम्बन्ध राख्छन । बिपरितलिँगी प्रतिको आकर्षण प्रायः सबै उमेरमा प्राकृतिक हो । यो आफै हुन्छ , जसरी मौसम अनुसार बोटमा फूल फुल्छन । तर हामीले यसलाई दबाउँछौ , घाँटी थिचेर ; त्यसपछी घुटन हुन्छ , अति भएपछी बिस्फोट …. !

    किशोरावस्थामा त झन उत्सुकता नै धेरै हुन्छ । आकर्षण हुन्छ, समागमको इच्छा हुन्छ । तर सँगै भयानक डर … ! किनभने परिवार र समाज जोडिन थाल्छन दुई प्राणीका बिचमा । तानातान हुन थाल्छ । जति छुटाउन खोज्छन अरुले त्यसको गुणात्मक रफ्तारमा आकर्षण र बिद्रोह पनि बढ्दै जान्छ । अनि त्यही हुन्छ जुन हुनै आवस्यक छैन ।

    अलि कन्फ्युज बनाएँ सायद । सिधा भन्छु । मानौं ९/१० कक्षामा पढ्ने केटाकेटीको बिचमा प्रेम हुन्छ ( I know I know , its just adolescence / attraction ) कसैले थाहा नपाउँदा सम्म त खासै फरक पर्दैन, उनीहरु मस्त हुन्छन । धेरै परको सपना पनि देखेका हुँदैन। बिहे गर्ने इत्यादि … !! तर जब परिवारलाई उनीहरुको बारेमा जब थाह ‘ हुन्छ तब तनाब शुरु हुन्छ । उनिहरुले केटाकेटीको परिवार ,जात , बर्ग , कुल , घराना खोई के के हो के के तुलना गर्न थाल्छन । उनीहरुको भबिष्य आँखा अगाडि देख्न थाल्छन र तर्सिन्छन । ”’यो हुनै सक्दैन ” भनेर रडाको मच्चाउँछन । यस्तोमा आफ्नो उत्सुकता र कौतुहलतालाई भर्खर छामछुम गर्न थालेकाहरु बाध्य हुन्छन, एकअर्कालाई गुमाउनु पर्ने भयले तर्सिन्छन । या त भाग्न या त आमाबाका अगाडि आफ्ना इच्छालाई शहिद बनाउँन बाहेक बिकल्पै देख्दैनन , उमेरै उस्तो !

    उनिहरुलाई यत्तिकै जिउन दिन सकिन्न र ?  के थाहा केही समयपछी उनिहरुलाई एक अर्कासँग चित्त बुझ्दैन अनि आफै छोड्छन एक अर्कालाई । बाध्यतामा सानैमा भागेर ( वा निमोठिएर ) जिन्दगी भर पछुताउनु भन्दा त यहि ठिक होइन र भन्या ?

    बाउआमाले अहिलेको जमानामा ख्याल गर्न पर्ने कुरा भनेको यत्ति हो की आफ्नो छोराले सानैमा कसैलाई गर्भवती नबनाओस, अनि छोरीले गर्भधारण नगरोस, कुलतमा नफसोस ।अरु कुरामा त किन बाधेर राख्नु । युवाअवस्थामा कसैप्रति आकर्षण हुनु सामान्य हो बरु जसलाई हुँदैन उसको हर्मोनमा केहि खराबी हुन पर्छ । ”खुरुक्क पढाईमा मात्र ध्यान दे , लब सब गरेर समय फाल्ने होइन ” भन्ने अभिभावक र शिक्षकहरुलाई मेरो सिधा प्रश्न –”

    त्यो उमेरमा तपाईलाई कोही मन परेन ? बोलु बोलु लाग्ने लुकि लुकि हेरिरहुँ जस्तो लाग्ने । आफैसँग झुटो नबोल्नुहोला प्लिज ।

    अर्को छुटाउनै नहुने कुरो, आकर्षण जात, धर्म , औकात हेरेर हुने कुरा होइन । गरिने होइन आफै हुने कुरा हो । बुझम कुरो ।

    जुनसुकै कुराको महत्व निश्चित समयाबधिका लागी मात्र हुन्छ , दाँत फुक्लेपछी भुट्या मकै घर्याम घर्याम चपाउँछु भनेर हुन्छ र कहिं ?

    एकचोटी तटस्थ , शान्त र स्वतन्त्र भएर सोंचौं त स्वतन्त्र समाजमा भन्दा बाँधिएका हरुका समाजमा अपराध बढि किन हुन्छन ? रुकुमको उदाहरण ताजै छ ।

    यौन शिक्षा अत्ति आवस्यक भएको महसुस गरें है मैले त नेपालमा ! रुकुम घटनाको बाहिरी कारण अन्तर्जातिय प्रेम सम्बन्ध भएपनी तथ्य र कारण खोज्ने हो भने यौन शिक्षामा उदार वा पठनपाठन नभएर नै हो । यौनलाइ हल्का रुपमा लिन नसकेर नै हो । आकर्षण र बिबाह एउटै होइन भन्ने बुझ्न नसक्नु नै हो । अन्तरजातीय सम्बन्ध कथित माथिल्लो होस वा तल्लो उत्तिकै अबरोध हुन्छ ,त्यो मैलेपनी महसुस गरेकी छु । तर जडमा यौन इच्छा प्रतिको नकारात्मक हेराइ हो । आजैबाट अनिवार्य यौन शिक्षाको थालनी हुने हो धेरै हद्दसम्म सामाजिक अपराध कम हुने छन । अब कसरी / के सिकाउने /शुरु गर्ने भनेर चांहि मलाई नसोध्नुहोला । म बिज्ञ होइन । यहि बिषयमा अध्यन गरेका बिज्ञहरुले सुझाउन भन्ने अपेक्षा हो ।

    लेखक : माया पन्थी थापा,हाल अष्ट्रेलिया

    शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation