ओमप्रकाश गुप्ता,सिसहनियां । दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षणमा दाङको बंलाचुली गाउँपालिकामा ४ जना र बबई गाउँपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले जानकारी दिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर १ का २७,२८ र ३३ वर्षका ३ जना पुरूष र सोही गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका एक जना पुरूषमा कोरोना भाइरस रिपोर्ट पोजेटिभ अाएको हो । त्यस्तै बबई गाउँ पालिका वडा नम्बर १ हापुरेका ३० वर्षका एक जना पुरूषमा कोरोना भाइरस रिपोर्ट पोजेटिभ अाएको प्रतिष्ठानले जानकारी दिएको छ । उनीहरू सवै क्वारेन्टाइनमा बसेका थिए । दाङ र कपिलवस्तुबाट ८६ जनाको पिसिअार विधीबाट परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ र ७८ जनामा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । यस्तै कपिलवस्तुमा ३ जना नयाँ संक्रमित थपिएका छन्।
विजयनगर गाउँपालिका-३ मा २६ बर्षका १ पुरुष वडा नम्बर ७ मा ३६ वर्षका १ पुरूष र वडा नम्बर २ मा ५२ वर्षका १ जना पुरूषमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।