काठमाडौं । रुकुम पश्चिममा भएको घट्नाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर छानमिन समिती बनाएको हो। मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।
उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । १० जेठमा रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विकसहित तीनको ज्यान गएको छ भने तीन जना वेपत्ता छन् ।
भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो भने उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । जजरकोटका लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक वेपत्ता छन् ।
यस प्रकरणमा वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको बताइएको थियो ।