• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

स्याङजाबाट हिँडेरै भारत फर्कंदै मजदुर


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । लकडाउन भएको पाँच हप्ता भयो। कहिले खुल्छ यसको ठोस जवाफ कसैसँग छैन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनले ज्याला मजदुरी गर्नेहरुले काम गर्न पाएका छैनन्।

    Advertisement

    काम नपाएपछि गोजीमा भएको दाम सकिँदै गएको छ। लकडाउन खुल्छ कि भन्ने आशमा बसेका ६२ बर्षिय वलदेव शाहले स्याङजाबाट पैदलै भए पनि भारत फर्कने निधो गरे।

    स्याङजाको बाँडखोलामा कवाडीको काम गर्दै आएका उनीसहित १३ जनाको समुह बुधबार विहान भारतको मोतिहारी पठायीथानाको यात्रामा निस्किएको खबर आजको नागरिक दैनिकमा तनहुँबाट विनोद ढुंगानाले लेखेका छन्।

    विहान सात नबज्दै हिँडेको समूह डाँडाकाँडा छिचोल्दै दिउँसो तीन बजे तनहुँँको दुलेगौँडासिथ्त पृथ्वीराजमार्ग आइपुगे। पोखरा हुँदै आएको भए दुई दिनमा बल्ल यहाँ आइपुग्थे। तर, कोल्मातिरको छोटो बाटो हिँडेका उनीहरु छिट्टै डाँडाकाडा छिचोल्दै राजमार्गमा आए।

    चर्को घाममा राजमार्गको छेउमा रुखको छाहारीमा सुस्ताउदै गर्दा उनीहरु भेटिए। प्रायले मुखमा मास्क लगाएका थिए। मास्क नहुनेले गलामा भिरेको गलबन्दीको सर्कोले मुख छोपेका थिए।

    ८ घण्टाको हिँडाइले लखतरन परेका उनीहरु सबैको साथमा एउटा झोला छ। झोलामा बाटोमा खान पुग्ने चाउचाउ विस्कुट र चिउरा हालेको बताउँछन्। केही जोर कपडा पनि छ।

    भारतको मोतिहारी हिँडेको उक्त समूहमा बालकदेखी बृद्धसम्म छन्।पैदलै पुग्ने अठोट छ। करिब चार सय किलोमिटरको दुरीमा पर्ने मोतिहारी हप्ता÷ दश दिनमा दिनमा पुग्ने उनीहरुले जनाए।

    गाउँ गाउँमा कवाडी संकलन गरी कमाइखाने आफूहरु लकडाउनको मारमा परेपछि गाउँ फर्किएको शाहले सुनाए।

    ‘तत्कालै लकडाउन खुल्ने छाँट देखिएन्। लकडाउन भएपछि एक महिनादेखि कवाडी संकलन गर्न पाइएन। काम नहुदाँ कमाई छैन्’, उनले भने, ‘साथमा भएको पैसा सकिन आट्यो। कोरोनाको भन्दा भोकभोकै बस्नुपर्ने डरले सताएपछि घर हिँड्यौँ हामी त।’ घरमा पुगेपछि खेतीपाती लगाएर पनि भोको बस्न नपर्ने उनको भनाई छ।

    नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको जोखिम बढी छ। संक्रमितको संख्या समेत धेरै छ। तर, असुरक्षित हुदाँ हुदैपनि परिवारसँगै मर्ने बाँच्न रहरले घर हिँडेको रामवचन भगतले उल्लेख गरे।

    ‘यतातिर लकडाउन भएपछि कमाई छैन्। भोकै बस्नुभन्दा परिवारसंगै मर्ने बाँच्ने भनेर हिँडियो’, उनले भने, ‘कोरोनाबाट बाचिएछ भने पछी काम गर्न यतै फर्कन्छौँ।’

    उनीहरु होली मनाएर मात्रै गाउँबाट फर्किएका थिए। यति चाँडै गाउँ फर्कने सोच थिएन्।

    आएपछि कमाएको दुई चार पैसा पनि घरमा पठाए। लकडाउन लम्बिदै गएपछि दैनिक गुजारा चलाउन मुस्किल भएकाले पैदलै उनीहरु भारततर्फ लागेका हुन्। रामवचनले अगाडी थपे, ‘काम नभएपनि साहुले खर्चपानी दिएको भए हामी बस्थ्यौँ। उसको पनि स्थिती खराब छ। कसरी बस्नु यहाँ ?’

    भारततर्फ हिँडेकालाई सीमा नाकाबाटै फकाइएको छ। तर, उनीहरु सीमाको क्वारेन्टाइनमा बस्नुपर्ने समय बसेर गाउँ पुगीछाड्ने बताउँछन्। भोला सोनी भन्छन्, ‘सिमामा क्वारेन्टाइनमा बस्नुपर्ने सुनेका छौँ। गाउँ जान पाउछौँ भने क्वारेन्टाइन बसेर भएपनि जानी हो।’

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation