काठमाडौं । पर्साको वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ ।
Advertisement
सहप्रवक्ता डा. अधिकारीका अनुसार उनीहरु दुवै जना ५० वर्षीय पुरुष रहेका छन् । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ । उनीहरू अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।