• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

स्वर्ण ज्यन्तीमा मेरो नेपाल बिद्यार्थी संघ


  •   शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
  • किशोर गैरे। लाखौ प्रजातान्त्रिक विद्यार्थीहरुको आस्थाको धरोहर, नेपाली विद्यार्थी आन्दोलनको पर्यायवाची संगठन नेपाल विद्यार्थी संघको गठन २०२७ साल बैशाख ६ गते स्थापना भएको थियो। पन्चायतले आफ्नो जरा बिस्तार गरेको एक दशक भैसकेको अवस्थामा सम्पुर्ण राजनैतिक पार्टीहरु प्रतिबन्धित थिए।त्यस्तो अवस्थामा प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी भुमिकालाई मजबुत पार्दै शैक्षिक हक अधिकार स्थापित गर्दै राष्ट्रियता, प्रजातन्त्र,समाजबाद अनि विद्यार्थी एकतालाई आदर्श मानी बर्बर अधिनायकबादी पन्चायतका विरुद्ध विद्यार्थी आन्दोलन मार्फत प्रजातान्त्रिक क्रान्तिलाई जिवन्त राख्ने कार्य नेपाल विद्यार्थी संघले नै गरेको थियो। स्वर्ण ज्यन्तीका अवसरमा आफ्नो प्राणको आहुती दिएर कलम र मसाल अङ्कित झन्डाको गरिमा कायम गरि संघर्षमा होमिनुहुने सम्पुर्णलाई हार्दिक नमन गर्न चहान्छु। प्रजातन्त्र प्राप्तीको आन्दोलनमा आफ्नो जीवन नै अर्पण गर्ने महान कामेश्वर मण्डल,कुशेश्वर यादव,लिला दाहाल,ठगी दाहाल,खगेन्द्र दाहाल,गोकर्ण कार्की,राम उपाध्याय,लक्षमण उपाध्याय,महेश कोइराला,पेशल दाहाल, केशव कोइराला, सरोज कोइराला, सुर ड्कुर बराही, बुधन मिया,रामबाबु चौधरी, मिजाबिया सेक, लगन राय यादव,अमृत शाह, राम थापा,सागर सिंह,इश्वरिदत्त शर्मा, लालबहादुर बम, भरत देबकोटा,श्याम सुन्दर श्रेष्ठ,लोकबहादुर महातारा, भोजराज भुषाल, राजन गिरि, सगुन तम्राकार लगायत ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछु।आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नका लागि हाम्रा अग्रजहरुले अत्यन्त धेरै मूल्य चुकाउनु परेको छ। देशमा भएका हरेक जन आन्दोलनमा अग्रसर रहि विद्यार्थीहरुको मात्र होइन समग्र आन्दोलन कै नेतृत्व गर्ने नेपाल विद्यार्थी संघले ५०औ स्थापना दिवस सम्म आईपुग्दा आफ्नो १२ औ महादिबेशन सम्पन्न गर्न सकेको छैन। बन्द सत्र बिनाको ११ औ महाधीबेशन पनि अत्यन्त चुनौती पुर्ण थियो, ३ दिनका लागि सुरु भएको महादिबेशन करिव १०-१२ दिन सम्म लम्बिएको थियो, मतदान त भयो, तर विद्यार्थी एक हुन सकेन्न। प्रजातान्त्रिक ब्यबस्थाको लागि लडेको मेरो संघले आफ्नो आन्तरिक प्रजातन्त्र हरण भएको टुलुटुलु हेर्न बाध्य छ।विद्यार्थीको भोट हालेर आफ्नो प्रतिनिधि चुन्न पाउने आधिकारलाई कुन्ठित गरिन्छ, विद्यार्थीको नेतृत्वलाई खसी भाग लगाए झै भाग लगाइन्छ। सभापती तेरो, उपाध्यक्ष मेरो, महामन्त्री उस्को! भागबण्डालाई मिलाउनकै लागि पदको गरिमा नै हरण हुने गरि एउटै पदका अनेक ब्यक्ती बनाइन्छ। प्रत्येक गिरोहलाई बराबर होस भनेर होला सायद!११ औ महादिबेशन द्वन्दको बिचमा सम्पन्न हुन्छ, देश भरीका लाखौ विद्यार्थीलाई आश थियो, अब त केहि हुन्छ, हामीले चुनेको नेतृत्व हो भन्ने। तर ती आश बोकेका विद्यार्थीलाई के थाहा! हरेक कुरा सेटिङ्गमा हुन्छ भन्ने! केन्द्रिय प्रतिनिधि पनि सेटिङ्ग मार्फत बनाइएका छन, पर्सेन्टको भागबण्डा छ। जे जे भएनि ११ औ महादिबेशनले लागू गरेको एउटा निर्णयले गर्दा आम विद्यार्थीहरु मा खुसी जागेको थियो, त्यो हो उमेरको मुद्दा। ११ औ महादिबेशनबाट पारित भएको ३२ को उमेर हदबन्दी। त्यही ३२ कै हदबन्दीले गर्दा १२ औ महादिबेशन अनिश्चित छ। एउटा सभापति, उपाध्यक्ष, अनि महामन्त्रीहरुको टिम त बनाइएको छ, १२ औ महादिबेशन सम्पन्न गराउन भनी। तर महादिबेशन ६ महिनामा सम्भब छैन। केन्द्रिय समिती अझै बन्न सकेको छैन, ६ महिना त संगठनले पुर्णता पाउनै लाग्छ। त्यस्पछी यसले गर्न सकेन भनिन्छ, अर्को टिम बनाइन्छ,फेरि। कि म्याद थप गरिन्छ। तर यो अनुमानलाई गलत सबित गर्न सकोस, बर्तमान केन्द्रिय समिती। आफ्ना अनेक ब्यक्तिगत स्वार्थ, गुटगत इगो सबैभन्दा माथी उठेर इमान्दार पुर्वक १२ औ महादिबेशन सम्पन्न गर्न यहि नेतृत्व सफल होस।सायद प्रजातन्त्र प्राप्तीको आन्दोलनमा नेबि संघको झन्डा समातेर होमिएकै भरमा जीवन आहुती दिनु परेका शहिदहरुले पनि शान्ती पाइरहेका छैन्न होला, नेपाल विद्यार्थी संघ अस्त ब्यस्त हुदा। अचम्म लाग्ने कुरा छ है, अति प्रतिकुल अवस्थामा जुजारु रहेको सङठन लोकतन्त्र प्राप्ती पछि किन यो हालतमा पुग्यो? प्रश्न गम्भीर छ। ६२/६३ भन्दा अगाडि कांग्रेसलाई हात समाएर लोकतान्त्रिक गणतन्त्रमा लेराउने विद्यार्थी सङठनले आज आफ्नो १२ औ महादिबेशन सम्पन्न गर्नका लागि संघर्ष गर्नु गरेको छ। नेबि संघ धेरै राजनैतिक खेलाडीका फुट्वल ग्राउड भएको छ। पार्टी सभापती शेरबहादुर देखि गगन प्रदिप कुन्दन सम्म पार्टिको केन्द्रिय समितीमा पनि धेरै जसो नेबि संघ कै नेतृत्वबाट पुग्नुभएका नेतागण हुनुहुन्छ, तर पनि किन नेबि संघलाई असफल पार्ने प्रयास हुन्छ्न। ५०औ स्थापना दिवस मानाउदै गर्दा नेपाल विद्यार्थी संघ यो विषम परिस्थितीमा पुराउनुमा को कस्को दोष छ? यो खोजनिय बिषय होला। तर के साच्ची हामी सबै संघ प्रती इमान्दार छौ त?संघलाई बिबादमा रोमलाएर ब्यक्तीगत फाइदा लिने र हाबी हुने काम हामी इकाई देखि केन्द्र सम्म सबैले गरिरहेका छौ।तर पनि लाखौ विद्यार्थीहरुको आस्थाको केन्द्र नेबि संघले यस्ता हरेक चरण र परिस्थितिको सामना गर्दै अगि बढ्ने छ, हिजो पार्टी बाहिरका सामन्त हरु सङ्ग लडेको संघले अब पार्टी भित्रका सामन्तको हैकमवादी चक्रबियुलाई टोड्दै विद्यार्थीहरुलाई अपनत्वको भावना जागृत गराउने छ। आशा गरौ, हामि समयमै १२ औ महादिबेशन सम्पन्न गर्न सक्नेछौ। आन्तरिक कलह र द्वेषभन्दा माथी उठेर हामी विद्यार्थी हक हित अनि प्रजातन्त्र मज्बुतीका अनेक आयममा छलफल गरि शैक्षिक मुद्दामा केन्द्रित हुने बतावरण बनोस। हिजो जसरी विभिन्न इतिहासिक कालखण्डमा अनेक प्रतिकुल अवस्थामा नि आफ्नो कुशल नेतृत्वको परिचय दिन सफल हाम्रो नेबि संघ फेरि पनि सफल होस। नेपाल विद्यार्थी संघमा आस्था राख्ने सम्पुर्ण विद्यार्थीहरुलाई ५० औ स्थापना दिवसको शुभकामना!

    Advertisement

    लेखक बर्दघाट ४ नवलपरासी निबासी हुनुहुन्छ।

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation