राम बहादुर बिश्वकर्मा,प्युठान । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर ४ जना यात्रु बोकेको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठान नगरपालिका ८ धर्मावती स्थित बाग्दुलामा यात्रुु बोकेको अवस्थामा ती एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा रहेको भारतिय भु.पु सैनिक संगठनद्वारा संचालित लु१च २१३६ नम्बर को एम्बुलेन्स रहेको बताइएको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थाको फाइदा उठाउँदै केही एम्बुलेन्सले रिजर्भमा यात्रु ओसार्न थालेपछि बुटवलबाट यात्रुुसहित प्युठान मरन्ठाना,चुजा र बादिकोट लगायतका ठाउँमा यात्रु ओसार्दै गरेको एम्बुलेन्स र चालक समेतलाई नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र कार्किले जानकारी दिनुभयो।अस्पतालबाट बिरामी रिफर गरिएको अबस्थामा एम्बुलेन्सले केही गर्नुपर्दैन कुनै पनि बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स चालकले प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्ने डिएसपी कार्किको भनाई छ ।
यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा
यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Advertisement
तपाईको प्रतिक्रिया