ओमप्रकाश गुप्ता,सिसहनियाँ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन दाङ देउखुरीको राप्ती गाउँपालिकाको ६ वटा सार्वजनिक स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले अाफ्नो कार्यक्षेत्र अन्तरगत वडा नम्बर ५,६,७ र ८ का विभिन्न ६ वटा सार्वजनिक स्थानमा साबुन पानी र हात धोएको पानी जम्मा गर्ने प्लास्टिकको ड्रम राखिदिएको छ । पछिल्लो समय कोरोना भाइरसले त्रास सिर्जना गरिरहेको अवस्थामा बजारमा अाउने र बाटोमा हिड्ने बटुवाहरूलाई हात धुन सहजहोस भन्नका लागि सावुन पानीले हात धुने व्यवस्था मिलाइएको संघका सचिव मदन पोख्रेलले जानकारी दिएका छन् ।
Advertisement