ओमप्रकाश गुप्ता,सिसहनियां। दाङ देउखुरीको राप्ती गाउँपालिकामा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ।सिसहनियाँ स्वास्थ्य चौकीमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो।कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन्।स्वास्थ्य चौकी परिसर भित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद व्यक्तिको पहिचान गरी राख्ने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने व्यवस्था मिलाइएको छ।यता राप्ती गाउँपालिकामा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ।दाङ भारतसँग सीमा जोडिएकाले पनि कक्ष स्थापना गरिएको शाखा प्रमुख राउतले बताएका छन्। अहिले गाउँपालिकाले कोरोना भाइरसबाट बच्न र बचाउन सवै वडा कार्यालय,सार्वजनिक स्थान,बजार क्षेत्रमा सचेतना व्यानर झुन्डाउने,पर्चा पम्पेलेट वितरण गर्ने र सञ्चार माध्यमबाट संदेश प्रवाह गर्ने लगायतका काम भएको छ।भने यस अघि नै गाउँपालिकाले आफ्नो क्षेत्र भित्र कुनै मेला महोत्सव,भेला, गोष्ठी वा कुनै पनि कार्यक्रम नगर्न नगराउन निर्देशन दिनुका साथै २५/३० जना भन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ।यता राप्ती गाउँपालिकामा क्रियाशिल संस्था आशाका किरणहरु,ग्लोबल युथ क्लव र गुराँस फार्मेसी मेडिकलको संयुक्त आयोजनामा गाउँपालिका क्षेत्र भित्र संदेशमुलक माइकिङ गरेको छ। बढ्दो रुपमा आम जनमानसमा कोरोनाको त्रास फैलिरहेका बेला कोरोना भनेको के हो,यसको लक्षण र बच्ने उपायका बारेमा संदेश प्रवाह गर्न माइकिङ गरिएको आशाका किरणहरु नामक संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन्।
सिसहनियाँ स्वास्थ्य चाैकीमा आइसोलेसन कक्ष स्थापना
सिसहनियाँ स्वास्थ्य चाैकीमा आइसोलेसन कक्ष स्थापना

Advertisement
तपाईको प्रतिक्रिया