भैरहवा। अख्तियारले जिल्ला नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सहित ५ जनाको जम्बो टोलीलाई १७ लाख रुपैया घुस लिँदै गर्दा पक्राउ गरेको छ। अख्तियारले भैरहवाको बसपार्क स्थित होटल अशोकाबाट शुक्रबार उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।कार्यालय समयमा अफिसमा बस्नुको सट्टा घुसको चक्करमा हिडेका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याल सहितको जम्बो टोली नै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ का प्रमुख भिष्मकुमार भुसालले जानकारी दिए।रुपन्देही जिल्ला भारतसँग सिमा जोडिएको क्षेत्र र मुलुककै दोस्रो ठूलो भन्सार कार्यालय, मालपोत, नापि कार्यालयमा रहेका कर्मचारीले घुस खाने अड्डानै जमाएर बसेका छन्। रुपन्देहीको मालपोत कार्यलयमा सरकारी जग्गा व्यक्तिको नाममा दिनाउने भन्दै मालमोत अधिकृतसहितको टोलीले रुपन्देहीका विभिन्न स्थानका सार्वजनिक जग्गा व्यक्तिका नाममा गराएका समाचारहरु यस अघि पनि सार्वजनिक भइरहेका थिए। जग्गाको कित्ता काटमा मिलाउने भन्दै मालपोत कार्यालयका अधिकृतहरु उक्त पसपार्कमा गएको थिए।भुसाल बुटवलमा आएको १५ औँ दिन हिजो बिहिबार कपिलवस्तुको अदालतबाट मुद्धा मिलाइदिने भन्दै २ लाख रुपैँया लिइरहेको अवस्थामा पक्राउ परेका थिए। भूसालले जिम्मेवारी समालेको १६ औँ दिन सम्ममा करिब आधा दर्जन जति विभिन्न र्शीषकमा घुस लिँदै गर्दा पक्राउ परेका छन्।
नापी अधिकृतको जम्बो टोली १७ लाख घुस सहित अख्तियारको फन्दामा
नापी अधिकृतको जम्बो टोली १७ लाख घुस सहित अख्तियारको फन्दामा

Advertisement
तपाईको प्रतिक्रिया