• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नेपाली सेना, नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु : प्रधानसेनापति


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • बुटवल।प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभएको छ । बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।प्रधानसेनापति थापाले भन्नुभयो, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत रहनैपर्छ ।”उहाँले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताउनुभयो ।बलाध्यक्ष रथी गौरव तण्डुलले बहालवाला र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताउनुभयो । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी(सेवानिवृत्त) पदमविलास कार्कीले कोषबाट सम्पादन गरिएका कामका बारेमा प्रकाश पार्नुभयो । सो अवसरमा उपरथी नरबहादुर कँडेल (अवकाशप्राप्त) र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी (अवकाशप्राप्त) केशवबहादुर भण्डारीले पनि पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी कामबारेमा बोल्नुभएको थियो ।सो अवसरमा प्रधानसेनापति थापाले विगतको द्वन्द्व, विभिन्न प्राकृतिक विपद्का क्रममा घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुकलाई चेक हस्तान्तरण गर्नुभएको थियो । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको संस्कृति, वेशभूषा झल्किने कौरा, थारु, सोरठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो ।सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा, अर्घाखाँचीका सेवानिवृत्त सैनिक र तिनका परिवारको उपस्थिति थियो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् भने हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

    Advertisement

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation