• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

परम्परागत घरेलु सामाग्रीको महोत्सवमार्फत संरक्षण गरिदै


  •   शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । फाल्गुन ८ देखि प्युठान नगरपालिकास्थित गणतान्त्रिक खेलमैदानमा जारी प्युठान स्वर्गद्वारी महोत्सवमा विभिन्न लोपोन्मुख सांस्कृतिक घर निर्माण गरि परम्परागत सामाग्री राखिएका छन्। सांस्कृतिक चारपाखे घरसँगै पुरातन समयमा प्रयोग गर्ने सामग्रीसमेत महोत्सवस्थलमा साँस्कृतिक घर राखिएको छ।प्युठान उद्योग बाणिज्य संघको आर्थिक सहयोग र नागरिक सरोकार केन्द्र का युवाहरुको सक्रियतामा यस्तो घरको निर्माण गरिएको हो। लोप हुन लागेको परम्परागत संस्कृति,परम्परागत सामाग्री र परम्परागत जीवनशैलीलाई भावी पुस्तासम्म बचाइराख्ने उद्देश्यले यस्तो घर निर्माण गरिएको नागरिक सरोकार केन्द्र प्युठानका संयोजक सुमन सुबेदिले परम्परागत घर निर्माण गरिएको बताए। यस्तो सांस्कृतिक घरमा लाल्टिन ,हर्पे, जातो,सन्दुस,ढिकी,सन्जोकी,ठडेरो,फुव,डालो, लाल्टिन , भोटे ताल्चा जस्ता प्रदर्शनीका लागि राखिएको छ। त्यहाँ परम्परागत औजारसमेत राखिएका छन्,’ उनले भने। आर्थिक रुपले कतैबाट सहयोग पाएमा व्यवस्थीत गर्ने सोचमा छौ’, सुबेदिले भने, ‘बेलैमा संरक्षण गर्न सकिएन भने परम्परागत संस्कृति कस्तो थियो भनेर भावी पुस्तालाई देखाउन सकिने अवस्था समेत छैन्।’ महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरेको छ। निकै कलात्मक तरिकाले निर्माण गरिएको घरको छानो खरले छाएको छ। बाँसले बेरिएको घरको भित्री भित्तामा परम्परागत संस्कृति झल्किने कलात्मक सामाग्री देख्न सकिन्छ भने बाहिरी भित्तामा जिल्लाका रमणीय पर्यटकिय स्थलहरुको आकृति समेत देख्न पाइन्छ। महोत्सव हेर्न आउने जोकोहीले पनि सेल्फी खिचेर नगएको कोहि हुँदैन । सांस्कृतिक घर निर्माणका लागि सोही स्थानीय कालीगढ प्रयोग गरिएको थियो। जिल्लाको केन्द्रबिन्दु प्युठान नगरपालिका मरन्ठानाबाट महोत्सवमा पुगेकी सीता बि क .ले जीवनमा कहिल्यै नदेखेको सामाग्री महोत्सवमा देख्न पाउँदा दंग परेको बताइन्। ‘हाम्रो मौलिकता झल्किने सामग्रीले हाम्रो इतिहास, कला र संस्कृति बुझ्न त मद्दत गरेकै हुन्छ। त्यसका साथै आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धनसँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्याएको हुन्छ,’ उनले भनिन्। महोत्सवका झाकि र्याली कला सस्कृति संयोजक सन्देश आचार्यले यसरी राखिएको घर र परम्परागत सामग्रीबाट एकअर्काको संस्कृति बुझ्नमात्र नभएर नेपालको पुरानो समाजलाई पनि जीवन्तता दिने बताए । समाज परिस्कृत हुँदै गएपछि उनीहरूले आफ्ना पुराना कला र संस्कृतिलाई बिर्सदै गएका छन्। त्यस्ता मौलिकता झल्किने विषयवस्तु हाम्रो अमूल्य गहना हुन्। तिनीहरुलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।
    यस्ता कला, संस्कृति र रहनसहन झल्किने सांस्कृतिक घर तथा सामग्री लाई पर्यटन प्रबर्धन गर्दै इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षणसमेत बढाएको उनको भनाई छ ।यसरी दिनप्रतिदिन आधुनिक प्रबिधिको बिकास भए सँगै यस्ता परम्परागत सामाग्री हराउने अवस्थामा पुगेका छन् । जिल्लामा आधुनिक प्रबिधिको प्रयोग सेवासुबिधामा सहज हुने भएकाले यस्ता परम्परागत घरेलु प्रविधि लोप हुने अवस्थामा पुगेको र आफुहरुको सीप पनि संकटमा परेको स्थानीयको गुनासो रहेको छ ।त्यस्तै परम्परागत सामाग्रीको प्रयोगबाट लामो समय लाग्ने र झन्झटिलो हुने गरेको उनिहरु बताउँछन् । प्युठान नगरपालिका वडा नम्बर २ स्थित दाखाक्वाडीमा परम्परागत सामाग्री संग्रालय स्थापना गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।
    उनले भने ‘ स्थानीय प्रविधि लोप हुँदै जाँदा कतिपयको रोजगारी समेत गुमेकाले आगामी दिनमा यस्ता सामाग्री निर्माण गर्ने सीप भएका ब्यक्तिलाई बिना धितो कर्जा उपलब्ध गराउने कार्यबिधी लिएर अगाडी बढ्ने छ।”

    Advertisement

    शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation