• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

लमही नगरमा बिबादै बिबाद, कर्मचारी हटाउन खोज्दा अधिकृत अाफै फन्दामा


  •   शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । दाङ्गको लमही नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । काम थोरै र अत्यन्तै बिबादमा पर्ने दाङ्गका १० पालिका मध्य लमही नगरपालिका अग्रपँक्तीमा छ । प्राय जसो बिबादमा पर्ने लमही नगरपालिका कहिले बिकाश निर्माणको काममा त कहिले नदिजन्य पदार्थ उत्खनन् को बिषयमा बिबादमा तानिनै रहन्छ । अहिले भने कर्मचारीको सरुवा र बर्खास्तको बिषयमा लमही नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी बिबादमा मुछिएका छन् । मातहतका कर्मचारीले नियम कुल्चेर अाफुखुसी निर्णय गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले लमही नगरमा कार्यरत ३ जना कर्मचारीलाई सजाय स्वरुप सरुवा र बर्खास्त गर्ने निर्णय लिएका थिए ।लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगीले लमही नगरमा कार्यरत ३ जना कर्मचारीलाई जवरजस्ती सरुवा पत्र लिन बाध्य पारी जागिर समेत बर्खास्त गर्ने बिषयले चर्चा चुमेको हो । अधिकृत स्तर नवौँ तहका रबिन्द्र क्षत्री, सातौँ तहका लेखा अधिकृत गौरब कुमार लामिछाने र पाँचौ तहका पुष्पराज अधिकारीलाई प्रमुख प्रशासकिय अधिकृत डाँगीले जवरजस्ती सरुवा पत्र लिन बाध्य पारी जागिर समेत बर्खास्त गरिदिने कदम प्रती कर्मचारी हरुले अापत्ती जनाएका हुन् । कर्मचारी भन्छन् प्रमुख डाँगीको यस्तो किसिमको क्रुरतापुर्ण, अमानबिय र तानाशाही शैलीको घोर भत्सर्ना सँगै खेद प्रकट गर्दछौँ । लमही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी अाएपछि हालसम्म १९ जना कर्मचारी हरुलाई जागिरबाट बर्खास्त गरेको र सरुवा अातँक श्रृजना गरि पठाएको उदाहरण थुप्रै छन् । योग्यता प्रणालीबाट नियुक्त भएको २१ अौँ शताब्दीका कर्मचारीलाई प्रमुख प्रशासकियको निर्देशन, कार्यपद्दती हिटलरी शासन जस्तै रहेको कर्मचारी हरुको अारोप छ । डाँगीको मनोमानीले लमही नगरपालिकामा प्रशासनिक कर्मचारीलाई प्राबिधिक तथा प्राबिधिक कर्मचारीलाई प्रशासनिक क्षत्रमा जिम्मा दिएको उदाहरण थुप्रै छन् । “Right man in right place” को सिद्दान्तलाई भुलेर प्रशासकिय अधिकृत डाँगीले अाफुखुसी जिम्बेवारी दिने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले अारोप लगाए । उनले भने विधि, नीति नियम र पद्दती भन्दा बाहिर गएर प्रमुख प्रसाशकिय अधिकृतले एकलौटी अाफुखुसी मातहतका कर्मचारीलाई दरबन्दी बिनानै कर्मचारी खटाएका छन् । प्रशासकिय अधिकृतको ज्यादती अाफुहरुलाई सह्य नभएको बताउँदै कर्मचारी हरुले अधिकृतको निर्णय फिर्ता नभए ११ गते अाईतबार देखि चरमबद्द तरिकाले अान्दोलनमा उत्रने कर्मचारीहरुले बिज्ञप्ती मार्फत चेतावनी दिएका छन् । महिला प्रसुतीपछी अामाले यातायात खर्च पाउने नेपाल सरकारको प्राबधान छ । लमही नगरको नियममा प्रसुती खर्च पाउनको लागि नागरिकता, जन्मदर्ता पेश गर्नुपर्ने हुन्छ । जुन नियम नेपालको मुल कानुन मै छैन । जसले गर्दा यातायात खर्च पाउन झन्झटिलो भएको नगरवासीको अारोप छ । बच्चा जन्मेर काखमा अाईसकेपछी जस्तो प्रमाण अरु हुनै सक्दैन । अधिकृतले पहिले सहजरुपमा सञ्चालन हुँदै अाईरहेको लमही अस्पताललाई समेत तहस नहस बनाई त्यहाँ कार्यरत डाक्टर कर्मचारीलाई पनि मानसिक रुपमा तनाब दिने गरेको कर्मचारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । प्रमुख प्रशासकिय अधिकृतको बिरुद्दमा १८ जना कर्मचारीले हस्ताक्षर गरि बिज्ञप्ती जारी गरेका हुन् ।

    Advertisement

    कर्मचारीको सरुवा गर्न खोज्ने अधिकृत अाफै फन्दामा ।

    लमही नगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवाका लागी लमही नगरका ८ जना वडाध्यक्ष लागि परेका छन् । कर्मचारीको पक्षमा लमही नगरका ८ जना वडाध्यक्ष हरु लागेपछी प्रशासकिय अधिकृत अाफै समस्यामा परेका छन् । डाँगीको कार्यसम्पादन, व्यवहार अाफुहरुलाई पनि असह्य रहेको भन्दै वडाध्यक्ष हरुको बैठकले अधिकृतको सरुवाका लागि निर्णय पारित गरेको हो । अधिकृतले नगरको काम लथालिँग पारेको, अाफुखुसी कर्मचारी राख्ने र हटाउने गरेको, कारण बिना कर्मचारीको हाजिरी नै हटाईदिने लगायत यावत बिषयहरु लाई प्रमाण मानेर सरुवाको लागि प्रोसेस अघि बढाईने वडाध्यक्ष हरुले जानकारी दिए । यदी प्रशासकिय अधिकृतको सरुवा नभए सम्पुर्ण जनप्रतिनिधि, कार्यरत कर्मचारी र नगरबासीलाई सामाजिक बहिष्कार गर्न लगाउने निर्णय समेत भएको छ । जेष्ठ तथा लमही ८ का वडाध्यक्ष मेघनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले प्रमुख प्रशासकिय अधिकृतको सरुवाका लागि अाबश्यक कदम चाल्ने निर्णय गरेको हो । बैठकमा वडाध्यक्ष हरु मोहन गिरी, सुवास न्यौपाने, बाबुराम चौधरी, नुमराज पौडेल, नेपालु चौधरी, भेष बहादुर केसी “रमेश”, गणेशमान चौधरी, त्यस्तै कार्यपालिका सदश्य हरु नारायणी खड्का, राधा केसी, अनिता चौधरी, सुनिता चौधरी, बम बहादुर बिश्वकर्मा, ठगे दमाई र रमेश कुमाल गरि १५ जनाको सहभागी थियो ।यता लमही नगरका नगरप्रमुख कुलबहादुर केसीले यस बिषयमा सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएको बताए । यस बिषयको अाबश्यक छानबिनका लागि मन्त्रालयमा निबेदन दिने र अाबश्यक प्रमाण जुटे जुनसुकै कर्मचारी लाई पनि कारबाही हुने केसीले बताए । सिँगो लमही नगरपालिकालाई बद्नाम गर्न खोजिएको भन्दै यस्ता भ्रमित खबरमा नलाग्न अाज उनले बिज्ञप्ती मार्फत अनुरोध गरेका छन्

    शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation