ओमप्रकाश गुप्ता,लमही । लमही नगरपालिका ३ नारायणपुरमा जारी भएको श्रीमदभागवत ज्ञान महायज्ञकाे अाम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । शनिबार उक्त स्थानमा पत्रकार सम्मेलनकाे अायाेजना गरि अाम्दानी र खर्च सार्वजनिक गरिएको हाे । महायज्ञ मुल समाराेहका अध्यक्ष अमृत वलीकाे अध्यक्ष्यतामा सम्मेलन सम्पन्न भएको थियाे । सचिवालय संयाेजक राजेन्द्र खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा अाम्दानी तर्फ कुल ४४ लाख २६ हजार ६ सय ६० रुपैयाँ रहेकाे जनाइएको छ । जस अन्तर्गत दानपेटीकामा १५ लाख ६० हजार ८ सय ६५ रुपैयाँ ,कलश बिक्री १ लाख ६५ हजार २ सय,सांसद मेटमणी चौधरीबाट १५ लाख ,लमही नपा ३ वडा कार्यालयबाट १० लाख , अन्नदान जिन्सी समान ६१ हजार ६ सय ४० रुपैयाँ ,विभिन्न ब्यक्तिहरुबाट घोषित रकम २ लाख ७ हजार ९ सय ५५ रुपैयाँ रहेकाे बताइएको छ । यस्तै खर्च तर्फ ११ लाख १ हजार २ सय ६५ रुपैयाँ रहेको छ । भने खर्च काटेर कुल जम्मा बचत ३३ लाख २५ हजार ४ सय रुपैयाँ रहेकाे छ । नारायणेश्वर मंन्दिरकाे भाैतिक पुर्वाधार निर्माण कार्य गर्ने मुख्य उदेश्यले महायज्ञ संचालनमा ल्याइएको थियाे । माघकाे १३ देखि २१ सम्म महायज्ञ संचालनमा अाएकाे थियाे ।
नारायणपुर महायज्ञमा ३३ लाख भन्दा बढी बचत
नारायणपुर महायज्ञमा ३३ लाख भन्दा बढी बचत

Advertisement
तपाईको प्रतिक्रिया