• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लुम्बिनीका ठूला आयोजनाले गति लिँदै 


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • भैरहवा। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय ठूला आयोजना निर्माणको कामले गति लिन थालेको छ । तीन वर्षभित्र गुरुयोजना अनुसारका काम सम्पन्न गर्ने उद्देश्यअनुरुप आयोजना निर्माणका काम तीव्र पारिएको हो ।

    Advertisement

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा पाँच हजार मानिस अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण भइरहेको हो ।

    भट्टराईका अनुसार केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम तीव्र गतिमा भइरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ । आठ हजार पाँच सय वर्गफिटमा निर्माण भइरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा बन्न लागेको हो । दोस्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरणलगायतका कामका लागि डिजाइन तयार हुँदै गरेको सदस्य–सचिव भट्टराईको भनाइ छ ।

    त्यस्तै लुम्बिनीको अर्को महìवपूर्ण ठूलो आयोजनाअन्तर्गत सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्ने गरी अगाडि बढेको कोषले जनाएको छ । हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केबुल लाग्नेछ ।

    उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनीभित्र ५८० वटा सोलार, मायादेवी मन्दिर वरिपरि ३३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ । त्यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङ्गिएका, खिइएका तार, पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदैछ ।

    गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर भूमिगतरूपमा बिच्छ्याउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्ररूपमा अगाडि बढेको छ । लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउन १७५ वटा अत्याधुनिक सीसीटीभी जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले बताउनुभयो ।
    गुरुयोजनाका चारवटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको छ । लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउन सक्ने गरी प्रविधि जडानको काम सुरु भएको छ । त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ । ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ ।

    लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि एक लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन । त्यस्तै लुम्बिनीभित्र अन्य साना आयोजनाको काम पनि तीव्ररूपमा अगाडि बढेकाले तीन वर्षभित्रमा गुरुयोजना अनुसारका काम सकिने कोषले दाबी गरेको छ ।

    गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका चारवटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैँचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ ।

    गोरखापत्र दैनिकबाट

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation