• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

शङ्खधर साख्वाधर पार्कको उद्घाटन

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

लोकप्रिय समाचार

  • १. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • २. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ३. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ४. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • ५. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ६. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ७. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ८. ‘दुःख सुनाएर के काम ?’

  • ९. घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

  • १०. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

लुम्बिनीका ठूला आयोजनाले गति लिँदै 


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • भैरहवा। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय ठूला आयोजना निर्माणको कामले गति लिन थालेको छ । तीन वर्षभित्र गुरुयोजना अनुसारका काम सम्पन्न गर्ने उद्देश्यअनुरुप आयोजना निर्माणका काम तीव्र पारिएको हो ।

    Advertisement

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा पाँच हजार मानिस अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण भइरहेको हो ।

    भट्टराईका अनुसार केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम तीव्र गतिमा भइरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ । आठ हजार पाँच सय वर्गफिटमा निर्माण भइरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा बन्न लागेको हो । दोस्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरणलगायतका कामका लागि डिजाइन तयार हुँदै गरेको सदस्य–सचिव भट्टराईको भनाइ छ ।

    त्यस्तै लुम्बिनीको अर्को महìवपूर्ण ठूलो आयोजनाअन्तर्गत सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्ने गरी अगाडि बढेको कोषले जनाएको छ । हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केबुल लाग्नेछ ।

    उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनीभित्र ५८० वटा सोलार, मायादेवी मन्दिर वरिपरि ३३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ । त्यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङ्गिएका, खिइएका तार, पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदैछ ।

    गुरुयोजना क्षेत्रभित्र अप्टिकल फाइबर भूमिगतरूपमा बिच्छ्याउने तथा डाटा सेन्टर राख्ने काम पनि तीव्ररूपमा अगाडि बढेको छ । लुम्बिनीलाई सूचना प्रविधिमा पनि अब्बल बनाउन १७५ वटा अत्याधुनिक सीसीटीभी जडान अन्तिम चरणमा पुगेको कोषका सदस्य सचिव भट्टराईले बताउनुभयो ।
    गुरुयोजनाका चारवटा विभिन्न स्थानमा ठूलो डिस्प्ले राख्ने काम अन्तिम चरणमा रहेको छ । लुम्बिनीमा ६० हजार मानिसले वाईफाई चलाउन सक्ने गरी प्रविधि जडानको काम सुरु भएको छ । त्यसका लागि डाटा किन्ने प्रक्रिया अगाडि बढेको कोषले जनाएको छ । ९० प्रतिशत काम सम्पन्न भएको उक्त आयोजनाको लागत २५ करोड ६४ लाख ३७ हजार छ ।

    लुम्बिनीमा व्यवस्थित खानेपानीका लागि एक लाख ५० हजार लिटर अट्ने वाटर टावर निर्माणको काम सकिएको छ । २१ करोड ९३ लाख २३ हजारको लागतमा निर्माण सम्पन्न उक्त टावर सञ्चालनमा आएपछि लुम्बिनीमा खानेपानीको कुनै पनि समस्या पर्ने छैन । त्यस्तै लुम्बिनीभित्र अन्य साना आयोजनाको काम पनि तीव्ररूपमा अगाडि बढेकाले तीन वर्षभित्रमा गुरुयोजना अनुसारका काम सकिने कोषले दाबी गरेको छ ।

    गुरुयोजनाअन्तर्गत पवित्र उद्यानका चारवटा गोलाई पोखरी निर्माणको काम सकिएको छ । ४२ वटा प्लट निर्माण गरी केहीमा बगैँचा निर्माणको काम सकिएको छ भने केन्द्रीय नहर, वाटर टावर र वाटर सप्लाई सिस्टमको काम पनि सकिएको छ ।

    गोरखापत्र दैनिकबाट

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • २.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ३.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले

    • ४.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ५.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    • ६.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    भर्खरै

    • १.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

    • २.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

    • ३.
      पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि

    • ४.
      नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    • ५.
      काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

    • ६.
      शङ्खधर साख्वाधर पार्कको उद्घाटन

    • ७.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • ८.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation