कामना डेली,कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार निशुल्क पलाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजना र काठमाण्डु मोडल अस्पतालको प्राविधिक सहयोगमा सिवीर आयोजना गरिएको हो। शिविरमा १९ जनाले सेवा लिएका छन । ओठ तथा तालु चिरिएका,खुडे तथा आगोले पोलेर एक भाग अर्का भागसग जोडिएर खुम्चीएको मानिसहरुले सेवा लिएका छन । १३ जनालाई अप्रेशनको लागी वुटवल लगिने जनाईएको छ ।
शिविरको समापनमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खडकाले वोलेका थिए । नगरवासीहरुलाई सहज होस भन्ने उद्देश्यले उक्त शिविर संचालन गरेको बताईएको छ ।
—
Advertisement