काठमाडौं। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दश दिनअघिदेखि उपचाररत ओलीको स्वास्थ्यमा सुधारभएसँगै डिस्चार्ज गरिएको हो।प्रधानमन्त्री ओलीलाई बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुग्नुभएको थियो ।प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिनुभयो। चिकित्सक डा। अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले गएकाे साेमबार अस्पतालबाटै भिडियाे सन्देशमार्फत आफ्नाे स्वास्थ्यमा सुधार भएकाे जानकारी दिनु भएकाे थियाे । सन्देशमा उहाँले सागकाे उद्घाटन समाराेह पुरै हेरेकाे पनि बताउनु भएकाे थियाे ।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Advertisement
तपाईको प्रतिक्रिया